Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

राष्ट्रियसभा निर्वाचन: कांग्रेस, एमाले र माओवादीमा को-को उम्मेदवार ?


राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरूले उम्मेदवारको टुंगो लगाएका छन् । राष्ट्रिय सभा निर्वाचनमा यसपटक सत्ता गठबन्धन भेर्सेस एमालेबीच प्रतिस्पर्धा हुने भएको छ ।

ADVERTISEMENT

११ माघमा हुने निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने यो निर्वाचनमा चुनाव हुनुभन्दा अघि नै कसले जित्ने भन्ने यकिन गर्न सकिने अवस्था छ ।

ADVERTISEMENT

यसपटक गणितीय आधारमा सातै प्रदेशमा सत्ता गठबन्धनले जित्ने निश्चित जस्तै भएपनि विपक्षी दल एमालेले पनि उम्मेदवारी दिने तयारी गरेको छ । सोमबार सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरूले सातै प्रदेशमा मनोनयन दर्ता गराउँदैछन् ।

गठबन्धनका साझा उम्मेदवार

ADVERTISEMENT

चुनाव हुन लागेका १९ सिटमा सत्ता गठबन्धन दलहरू कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट भागबण्डा गरेर उम्मेदवारी दिने तयारी गरेको छ भने एमालेले एकलौटीरुपमा १९ वटै सिटमा उम्मेदवार तय गरेको छ ।

सत्ता गठबन्धन दलले कोशीबाट अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला, महिलातर्फ माओवादीकी चम्पादेवी कार्की, मधेशबाट अन्यतर्फ कांग्रेसका आनन्द ढुंगाना, महिलातर्फ जसपाकी पुजा चौधरी, बागमतीबाट अन्यतर्फ कांग्रेसका जितजङ्ग बस्नेत, महिलातर्फ कांग्रेसकै विष्णुदेवी पुडासैनी, दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल र अल्पसंख्यक तथा अपाङ्गता भएकातर्फ माओवादीका श्रीकृष्ण अधिकारीलाई उम्मेदवार बनाएका छन् ।

त्यस्तै, गण्डकीबाट अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ, महिलातर्फ माओवादीकी मनरुपा शर्मा, अपाङ्गता भएका र अल्पसंख्यकतर्फ कांग्रेसका पदमबहादुर परियारलाई गठबन्धनले उम्मेदवार बनाएको छ ।

त्यस्तै, लुम्बिनीमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा, अन्यतर्फ माओवादीका झक्कुप्रसाद सुवेदी, कर्णालीमा अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीका सावित्री मल्ल, दलिततर्फ माओवादीका विष्णु विश्वकर्मा उम्मेदवार भएका छन् ।

गठबन्धनले सुदूरपश्चिममा अन्यतर्फ कांग्रेसका बलदेव बोहरा, महिलातर्फ माओवादीकी रेणु चन्द र अल्पसंख्यक, अपाङ्गता भएकातर्फ कांग्रेसका नारायणदत्त भट्टलाई उम्मेदवार बनाएको छ ।

एमालेका एकलौटी उम्मेदवार

राष्ट्रिय सभा सदस्य निर्वाचनमा पराजय हुने लगभग निश्चित हुँदा हुँदै पनि एमालेले एकलौटीरुपमा १९ वटै सिटमा उम्मेदवारी दिएको छ । एमालेले कोशी प्रदेशमा अन्यतर्फ परशुराम अधिकारी र महिलातर्फ रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ ।

मधेश प्रदेशमा अन्यतर्फ अर्जुनकुमार सिंह र महिलातर्फ उषा थरुनी, बागमतीमा अन्यतर्फ त्रिलोचन निर्मल पौडेल, महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुबराज विश्वकर्मा, र अपाङ्गता वा अल्पसंख्यकतर्फ विवेक देवकोटालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, गण्डकी प्रदेशमा अन्यतर्फ चक्रबहादुर पराजुली, अपाङ्गता वा अल्पसंख्यकतर्फ हेमन्त शेरचन, महिलातर्फ सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ ।

एमालेले लुम्बिनीमा अन्यतर्फ झपेन्द्रबहादुर बीसी र महिलातर्फ तुलसाकुमारी केसी, कर्णालीमा अन्यतर्फ डिल्लीराज भट्ट, दलिततर्फ हिक्मत विश्वकर्मा र महिलातर्फ विमलाकुमारी शाहीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा महिलातर्फ सावित्रा घिमिरे, अपाङ्गता वा अल्पसंख्यकतर्फ रामचन्द्र जोशी र अन्यतर्फ ईश्वरीप्रसाद खरेललाई उम्मेदवार बनाएको छ ।


प्रकाशित मिति : सोमवार, २०८० पुस २३, ११ :१० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट