Techie IT
  • २५ माघ २०८२, आईतबार
Hetauda Khabar
  • २५ माघ २०८२, आईतबार

छोराछोरीको ज्यान मार्ने धम्की दिई व्यापारीसँग ५० लाख माग्ने पक्राउ


रौतहट स् ज्यान मार्ने धम्की दिई रकम मागेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

ADVERTISEMENT

पक्राउ पर्नेमा फतुवा बिजयपुर नगरपालिका-८ बस्ने ३५ वर्षीय श्रीभगवान साह रहेका छन्।

ADVERTISEMENT

एक व्यापारीलाई पटक-पटक फोन गरी उनी र उनका छोरा-छोरीलाई ज्यान मार्ने धम्की दिई ५ देखि ५० लाख रूपैयाँसम्म रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो।

साथै सोही घटनामा संलग्न अन्य व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ।उनी उपर आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० पुस २०, १२ :३९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट