Techie IT
Hetauda Khabar

हेटौंडा सडक विस्तारविरुद्धको सबै रिट खारेज, भत्किएला अब सडक ?


हेटौंडा । हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारसम्बन्धी हेटौंडाका घरधनीले सर्वोच्च अदालतमा हालेको रिट खारेज भएको छ ।

मङ्गलवार न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सडक विस्तार सम्बन्धमा दर्ता भएका सम्पूर्ण रिटहरू खारेज गरेको हो ।

डिभिजन सडक कार्यालय हेटौंडाले २५-२५ गज सडक सिमाभित्र पर्ने संरचना हटाउन सुचना निकालेपछि सडक विस्तार कार्य रोक्न घरधनीहरु सर्वोच्च गएका थिए । तर आज सर्वोच्चले गत असार ३१ गतेदेखी साउन २४ गतेसम्म सडक विस्तार सम्बन्धमा दर्ता भएका सबै रिट खारेज गरेको छ ।

सडक बिस्तार विरुद्ध परेको २८ रिट खारेको भएसंगै हेटौंडा बजारमा २५ मिटर बिस्तारको बाटो खुलेको सडक डिभिजन हेटौंडाका डिभिजन प्रमुख राजेश कुमार यादवले बताए ।

रिट खारेज गरेसंगै सडक कार्यालयले हेटौंडामा सडक विस्तार गर्ने तयारीमा जुट्ने जनाएको छ  । “हाम्रो सुचनाविरुद्ध परेका सबै रिट खारेज भएको छ, अब हामी सबै प्रक्रिया पुर्याएर सडक विस्तार गर्ने निर्णय गर्छौ र अघि बढ्छौ”, सडक डिभिजन प्रमुख यादवले बताए ।

यादवको अनुसार सडक बिस्तार सम्बन्धि अन्य केही मुद्दाको किनारा लाग्न बाकी भएपनी अब सडक बिस्तारको लागि बाटो खुलेको बताए । उनले अब चाडै निर्णय लिएर बिस्तारको कामलाई अगि बढाइने बताए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट