Techie IT
Hetauda Khabar

माइतीघरमा धोती दिवस मनाउन उत्रिएका सीके राउत पक्राउ


काठमाडौँको माइतीघरमा धोती दिवस मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ ।

जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित नेता कार्यकर्ता धोती लगाएर प्रदर्शनमा उत्रिएका थिए । उनीहरूलाई प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको हो । प्रहरी र जनमतका कार्यकर्ताबीच धकेलाधकेल समेत भएको थियो ।

सरकारले माइतीघरसहित वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट