Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

कांग्रेस बैठकको निर्णय : गठबन्धन नभत्किएसम्म प्रचण्ड नै प्रधानमन्त्री


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ११ वटा निर्णय सार्वजनिक गरेको छ । पुस १२ देखि १४ सम्म बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ११ वटा निर्णय सार्वजनिक गरेको हो ।

ADVERTISEMENT

बैठकको निर्णय सार्वजनिक गर्दै गठबन्धनमा भएको सहमति पूरा नभएसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री हुने प्रष्ट पारेको छ । बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले लोकतन्त्रमा स्थिर सरकार नहुने बताएका छन् ।साथै, समसामयिक विषय,राष्ट्रियसभा निर्वाचन, महासमिति बैठक र मन्त्रीको कामको समीक्षाबारे निर्णय लिएको छ ।

ADVERTISEMENT

यस्तै, सहकारीको समस्या, संघीयता कार्यान्वयन, समुदायमा कांग्रेस, भ्रातृ संस्थाको म्याद थप, संयन्त्र गठन, मेलमिलाप दिवस र जाजरकोट भूकम्पबारे पनि निर्णय गरेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

यस्तै बैठकले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्तिहरु र समुदाय तथा भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय पनि गरेको छ।

ADVERTISEMENT

कांग्रेसले बैठकले ललितपुरको बालकुमारी घटनामा उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरि घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कानूनी कारबाही गर्न माग गरेको छ ।

यस्तै कांग्रेसले वर्तमान सरकारबाट अपेक्षित परिणाम आउन नसकेको निष्कर्ष निकालेको छ ।


प्रकाशित मिति : आइतवार, २०८० पुस १५, १६ :०४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट