Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

कोरियाका लागि १ लाख ४३ हजार भन्दा बढीको आवेदन


ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन दिएका छन् । उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका हुन् ।

ADVERTISEMENT

पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिने समय दिइएको थियो । ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले शुक्रबार राति १२ बजेसम्म उक्त संख्यामा अनलाइन मार्फत फाराम भरेको बताए ।

ADVERTISEMENT

कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जनाका लागि आवेदन माग गरिएको थियो । यसमा पानी जहाज निर्माणसम्बन्धि कामको लागि आवेदन दिएर परीक्षामा अनुत्तीर्ण भएका २८ हजार भन्दा बढीले फाराम भर्न पाएका छैनन् । उनीहरूलाई समेत फाराम भर्न दिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेशपछि उनीहरूलाई समेत फाराम भर्न दिइनेछ । उनीहरूले समेत फाराम भरेको खण्डमा आवेदन दिनेको संख्या १ लाख ७५ हजार हाराहारीमा पुग्नेछ ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८० पुस ७, १२ :३५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट