Techie IT
Hetauda Khabar

कञ्चनपुरमा महेन्द्रकाे सालिक राख्ने विषयमा विवाद भएपछि ७ दिनसम्मका लागि निषेधाज्ञा जारी


जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरस्थित संविधान चोक क्षेत्रमा निशेषाज्ञा जारी गरेको छ ।

भीमदत्त नगरपालिका–४ स्थित संविधान चोकमा पूर्वराजा महेन्द्रको सालिक राख्ने विषयमा विभिन्न राजनीतिक दलका कार्यकर्ताबीच झडप हुनसक्ने भन्दै बिहीबारदेखि एक सातासम्म निशेषाज्ञा जारी गरेको हो ।

कार्यालयले जारी गरेको विज्ञप्तिअुनसार संविधान चोकबाट पूर्वमा दशरथचन्दको सालिकसम्मको मुख्य सडक र संविधान चोकदेखि पश्चिममा मदनभण्डारीको सालिकसम्मको क्षेत्रलाई निशेषाज्ञा क्षेत्र तोकिएको हो ।

संविधान चोकका राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा महेन्द्रको सालिक राख्ने भन्दै आजको मिति तोकेका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट