Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

गठबन्धनको सरकार आउनेबित्तिकै परेवाभीरमा बाटो बन्यो- बानियाँ


लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले गठबन्धनको सरकार निर्माण हुनासाथ परेवाभीरमा बाटो बनाइएको बताएका छन् ।

ADVERTISEMENT

गठबन्धनको राक्सिराङ गाउँपालिका ५ र ८ को संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बानियाँले तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले परेवाभीरमा बाटो बनाउन बजेट विनियोजन नगरेपनि गठबन्धनको नेतृत्व आउनासाथ बाटो बनेको बताए ।उनले नेकपा एमालेले अन्य दलसँग गरेको चुनावी तालमेललाई ‘लठबन्धन’ भन्दै टिप्पणी गरे ।

ADVERTISEMENT

बागमती प्रदेशमा साँढे ३ वर्षसम्म सत्ताको नेतृत्वमा रहेको एमालेले सिन्को नभाँचेको भएपनि गठबन्धनको सरकार बनेको १० महिनामै मकवानपुरको २ नम्बर क्षेत्रमा ३ अर्ब भन्दा बढी बजेट विनियोजन पठाइनुको साथै पुल, सडक, खानेपानी र तटबन्धनलगायत विकास निर्माणका काम गरिएको उनले बताए । केपी ओली नेतृत्वको एमालेले गणतन्त्र ल्याउने बेलामा मान्छे मार्ने कमल थापा र राजतन्त्र बोक्ने राजेन्द्र लिङदेल मात्रै नभई देश टुक्र्याएर भारतमा बिलय गराउँछु भन्ने सिके राउतसँग तालमेल गरी व्यवस्था र संविधानलाई नै धरापमा पार्ने प्रपञ्चमा लागेको बानियाँले आरोप लगाए ।

सोही कार्यक्रममा एमालेका वडा सदस्यका प्रत्यासी मानबहादुर प्रजा, सुदास प्रजा, अनिस प्रजा, सन्तबहादुर प्रजालगायत ३८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

ADVERTISEMENT

 


प्रकाशित मिति : बुधबार, २०७९ कार्तिक १६, २० :२४ बजे
ट्याग : #इन्द्र बानियाँ

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट