Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

विवाह पञ्चमी महोत्सवको दोस्रोदिनः आज फूलबारी लीला दर्शन


जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज दोस्रो दिन ‘फूलवारी लीला दर्शन’ गराइने भएको छ।

ADVERTISEMENT

जानकी मन्दिरको छेउमा रहेको विवाह मण्डपको बगैंचामा फुलबारी लीला दर्शन मनाइने छ। सिताले फूल टिप्न गएको बेलामा पहिलो पटक फूलबारीमा भगवान रामसँग भेट भएको सम्झनामा ुफूलबारी लीला दर्शनु मनाउने गरिन्छ।

ADVERTISEMENT

बेलुका ४ बजेतिर जानकी मन्दिरबाट बालबालिकालाई माता सिता र भगवान रामको पहिरन तथा साजसज्जामा विवाह मण्डपको बगैंचामा लगेर फूलवारी लीला दर्शन मनाइँदै आएको मन्दिरका पुजारी ऋषिकेश दासले जानकारी दिए। फुलबारीमा राम र सीताबीच भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लीला दर्शन भनिन्छ।

भारत आयोध्याका राजा दशरथका छोरा भगवान श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रुपमा मनाउने गरिन्छ।

ADVERTISEMENT

त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीताको स्वयंम्बरका लागि राखेका शिवधनुषलाई राजा दशरथका छोरा रामले तीनटुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताबीच विवाह भएको थियो।

सप्ताहव्यापी रुपमा मनाइने सीताराम विहपञ्चमी महोत्सको पहिलो दिन मंगलबार साँझ जानकी मन्दिर परिसरमा ुनगर दर्शनु गराइएको थियो।

महोत्सवको तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन दिन मटकोर तथा पूजा कार्यक्रम मनाउने छ। छैटौँ दिन अर्थात पुस १ गते सीतारामको विवाहको कार्यक्रम सम्पन्न भएपछि पुस २ गते रामकलेवा गरी जन्ती एवं साधुशन्तालाई विदाई गर्दै विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका पुजारी ऋषिकेश दासले जानकारी दिए।


प्रकाशित मिति : बुधबार, २०८० मंसिर २७, ११ :२४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट