Techie IT
Hetauda Khabar

१४ किलो सुन छानविन गर्न समिति गठन


त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति विमानस्थलबाट पक्राउ परेको १४ किलो सुन प्रकरण छानविन गर्न समिति गठन गरेको छ ।

बिहीबार राति ११।४० बजे फ्लाई दुबईको उडान नं। एफजेड ५७३ बाट आएका राहदानी नं. पीए ०१४५४८८ भएका नेपाली नागरिक चन्द्र घलेको साथबाट बरामत गरिएको १४ किलो सुन प्रकरण छानविन गर्न कार्यालयले प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा उक्त ६ सदस्यीय समिति बनाइएको हो। यो समितिलाई ५ दिनको कार्यादेश दिइएको छ ।

समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लु प्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य रहेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति विशेष सुराकीको आधारमा करिब १४ किलो सुन बरामद गरेको थियो। गारखा घर भएका घलेले ज्याकेटमा लुकाएर विस्कुट आकारको ७ थान १४ किलो सुन ल्याएका थिए ।

उक्त कार्यमा चन्द्र घले र गोरखा स्थायी ठेगाना भएका मीनबहादुर घले पनि संलग्न रहेको पाइएपछि पक्राउ गरेर भन्सार कार्यालयले अनुसन्धान अघि बढाएको छ ।

बरामत गरिएको सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको प्रमुख भन्सार प्रशासक डा। टोकराज पाण्डेले बताए् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट