Techie IT
Hetauda Khabar

आजको मौसम : बढ्यो चिसो, उच्च पहाडी भूभागमा हिमपात


हेटौंडा । पश्चिम नेपालका उच्च पहाडी भूभागमा हिमपात भएको छ। कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज बिहानै हिमपात भएको हो। कर्णालीको हिमाली जिल्ला हुम्लामा गएरातिदेखि हिमपात भएको छ।

चिसो बढ्न थालेसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाल क्षेत्रमा हल्का हिमपात हुने आकलन गरेको छ।

यससँगै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। देशका अन्य भूभागमा भने सामान्य बदली हुने भएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट