Techie IT
Hetauda Khabar

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३५ निर्णय


सरकारले रु। १०० दरका १० हजार थान स्मारिका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

बैठकले जाजरकोट भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि नेपाली सेना, नेपाली प्रहरी सशस्त्र प्रहरी लगायतलाई खटाउने निर्णय समेत गरेको छ ।

त्यस्तै, बैठकले न्याय परिषदको सिफारिसमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको छ ।

त्यस्तै प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने करिब ६५ करोड अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ ।

यस्ता छन् निर्णय :

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट