Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा


टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई हेर्न नभ्याइनेमा परेको छ ।

ADVERTISEMENT

उक्त रिट सोमबार सुनुवाइका लागि न्यायाधीश कुमार चुडालको इजलासमा परेको थियो । सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले एकल इजलासमा रहेका मुद्दाहरू हेर्न नभ्याइनेमा परेको हो ।

ADVERTISEMENT

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले उत्प्रेषणको आदेशबाट सरकारको निर्णय बदर गरी पूर्ववत अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको थियो । सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको समेत रिटमा उल्लेख गरिएको छ ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सद्भाव बिगारेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० मंसिर ४, १५ :३१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट