Techie IT
Hetauda Khabar

डा.भुसाललाई त्रिवि उपकुलपतिको जिम्मेवारी


त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा. शिवलाल भुसाललाई दिइएको छ।

विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपति पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको हो। भुसाल त्रिविका शिक्षाध्यक्ष हुन्।

उपकुलपति प्रा. डा.धर्मकान्त बास्कोटाको पदावधि यही कात्तिक १६ गते सकिएपछि रिक्त रहेको उपकुलपतिको जिम्मेवारी भुसाललाई दिइएको हो ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कात्तिक १७ गतेको निर्णयअनुसार भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएको त्रिविले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट