Techie IT
Hetauda Khabar

हेटौंडामा टाटासुमोहरुको ठगी धन्दा, दोब्बर भाडा असुल्दासमेत रमिते बन्यो प्रहरी

न्यु हाम्रो सुमो सेवाले दोब्बर असुल्छ भाडा


हेटौंडा–काठमाडौं चल्ने टाटासुमोहरुले चाडपर्वको मौका छोपेर खुलेआम यात्रुहरु ठगी गर्दै आइरहेका छन् ।

हेटौंडाका नाम चलेका सुमो काउन्टरहरुले यात्रुहरुसंग दोब्बर भाडा असुली गर्दै  ठगी गर्दै आएका छन् । सुमोहरुले काठमाडौंबाट दशैं मनाउन जिल्ला छिरेका यात्रुहरुलाई काठमाडौं जाने क्रममा मौका छोपेका हुन् ।

चाडपर्व अघि काठमाडौंबाट मकवानपुर आउने यात्रु बढी हुन्छन् भने चाडपर्व सकिएपछि काठमाडौं जाने बढी हुन्छन् । सुमोहरुले काठमाडौंबाट आउँदा र हेटौंडाबाट जाँदा यात्रुहरुलाई दोब्बर भाडा लिने गरेका छन् । सुमोहरुले कारबाहीबाट बच्न टिकटमा तोकिएकै भाडा दर कायम गर्ने र यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने गरेको यात्रुहरुको गुनासो छ ।

यसैक्रममा हेटौंडाको न्यु हाम्रो सुमो सेवाले यात्रुसंग दोब्बर भाडा लिने गरेको पाइएको छ । न्यु हाम्रो सुमोले सुमोको भाडा ६५० रुपैंया भएपनि १२ सयदेखि १५ सयसम्म भाडा लिने गरेको हेटौंडाबाट काठमाडौं फर्किदै गरेकी हेटौंडा-४ कि रोशिका थापाले गुनासो गरीन् ।

न्यु हाम्रो सुमोले रिजर्व भनेर टिकटमा ६५० लेखि चालकले बीच बाटोमा पुगेपछी १२ सय लिएको अर्का यात्रु दिपेश चौलागाईले बताए ।

शनिबार न्यु हाम्रो सुमो सेवाको ना.१ ज ७२११ नम्बरको सुमोले हेटौंडाबाट काठमाडौं जाने यात्रुसंग १२ सयका दरले भाडा असुलेको छ । त्यस्तै उक्त कम्पनीको अन्य काउन्टरबाट समेत १२ सयदेखि १५ सय सम्म लिने गरेको पाइएको छ ।

दशै अघि घटस्थापना देखि नवमीको दिन सम्म काठमाण्डौबाट हेटौंडा आउँदा मात्र यात्रु ठगि गरेका सुमोहरुले अहिले हेटौंडाबाट काठमाण्डौ जाँदा र काठमाण्डौबाट हेटौंडा फर्कदा समेत यात्रुसंग तोकिएको भन्दा दोव्वर भाडा असुलिरहेका छन् ।

सुमोले दोब्बर भाडा असुल गर्दासमेत मकवानपुर प्रशासन भने रमिते बनेको छ । केहिदिन अघि प्रहरीले केहि सुमोलाई कारबाही गरे जस्तो गरेपनि प्रहरीकै अगाडी दिनभर यात्रु ठगिदा प्रहरीले देखे नदेखे झैँ गर्ने गरेको छ । हरेक दिन सुमोले ठगीधन्दा चलाउँदा पनि प्रहरी र प्रशासनले बेवास्था गर्ने गरेको यात्रीले गुनासो गर्ने गरेका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट