Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

अमेरिकी र्‍यापर स्नुप डगले सेयर गरे हेटौंडाकी बालिकाको डान्स भिडियो


नेपाली बालिका बारिशा थापाको प्रसिद्धी अब हलिउडसम्म पुगेको छ । चर्चित अमेरिकी र्‍यापर स्नुप डगले ती नेपाली बालिकाले फिल्म पुष्पाको गीत ‘सामी सामी’मा नृत्य गरेको भिडियो इन्स्टाग्राममा सेयर गरिदिएका छन् ।

ADVERTISEMENT

ग्रामी अवार्डमा १७ पटक मनोनयन भैसकेका स्नुप डगको उक्त भिडियोलाई इन्स्टाग्राममार्फत धेरैले हेरेका छन् । यी चर्चित अमेरिकी र्‍यापरको प्रसिद्धी नेपालमा समेत फैलिएको छ । बलिउड कोरियोग्राफर रेमा डिसुजाले उनको आगामी भारतीय टिभी रियालिटी शो डान्स इन्डिया डान्समा भाग लिन निम्तो दिएको एक सातामै स्नुप डगले नेपाली किशोरीको भिडियोलाई सेयर गरेका हुन् ।

ADVERTISEMENT

पुष्पा अभिनेत्री रश्मिका मन्दानाले सबैभन्दा पहिले बारिशाको गीतलाई ट्वीटरमार्फत सेयर गरेपछि उनको चर्चा भएको थियो । त्यसपछि हेटौंडाकी बारिशा विश्व सेलिव्रिटीको नजरमा परेकी छन् ।

 

ADVERTISEMENT
View this post on Instagram

 

A post shared by snoopdogg (@snoopdogg)


प्रकाशित मिति : शुक्रबार, २०७९ कार्तिक ११, २१ :१४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट