Techie IT
Hetauda Khabar

भूमिहीन मुसहरले पाए पक्की घर, बस्तीमा खुसीयाली


बाराको जितपुर सिमरा उपमहानगरपालिका –६ नगौलमा भूमिहीन मुसहर समुदायलाई एकीकृत बस्ती हस्तान्तरण गरिएको छ ।

प्रभू शमसेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले २० घर निर्माण गरेर शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

कूल ७ कठ्ठा १२ धुर क्षेत्रफलमा ३ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण गरिएका २० वटा तीन कोठे पक्की घर शुक्रबार गुठीकी अध्यक्ष राणाले वडा कार्यालयको रेखदेख तथा संरक्षणमा रहनेगरी सम्बन्धित परिवारलाई  हस्तान्तरण गरेकी हुन् ।

नयाँ घर पाएपछी मुसहर समुदायमा खुसी छाएको छ । ‘नयाँ घरमा सरेपछि अब बाढीले उठिबास लगाउने हो कि भन्ने पीर हटेको छ । ‘नयाँ घरमा बस्न पाउने भएपछि त चैनको निन्द्रा पर्नेछ,’स्थानीय छोटेलाल माझी मुसहरले भने,’हाम्रा छोराछोरी धुलोहिलोमा डुब्लान भन्ने पीर हटेको छ । बाढीले ढुबाउलाकी भन्ने तनाव पनि छैन ।’

एक परिवारका लागि दुई सुत्ने कोठा, एक भान्सा घर र शौचालयसहितको व्यवस्थित घर आफूहरूले प्राप्त गरेको छोटेलालले सुनाए । गुठीले एकीकृत बस्तीमध्ये भागमा बाटो, प्रत्येक घरको आँगनमा खानेपानीको लागि ट्युबेल जडान गरिदिएको छ ।

वर्षौदेखि ऐलानी जग्गामा कच्ची घरमा बस्दै आएका रन्जित माझी मुसहरले नयाँ पक्की घरमा बस्न पाएपछि खुसी व्यक्त गरे।

यसैगरी  पूजा महत्तो दसैंको मुखमा नयाँ घर पाउँदा दङ्ग छिन् । ‘पहिले सानो घर थियो । चर्पीको व्यवस्था थिएन,पानी लिन टाढा जानुपथ्र्यो । अहिले आँगनमै ट्युबल छ । पक्की चर्पी छ । हामीलाई निकै राहत मिलेको छ,’उनले भनिन्।

नयाँ घरमा व्यवस्थापन मिलाउनका लागि गुठीले प्रत्येक मुसहर परिवारलाई नगद १० हजार रुपैयाँसमेत प्रदान गरेको छ ।

 

 

 

 

 

 

 

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट