Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडाको माछा प्लानको अतिक्रमित जग्गा खाली गर्न ३५ दिने सूचना, अटेर गरे केन्द्रले नै भत्काउने


हेटौंडा उपमहानगरपालिका पिप्ले स्थित माछा प्राकृतिक जलाशय मत्स्य प्रबर्द्धन एवं संरक्षण केन्द्र (माछा प्लान) को नाममा रहेको अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गरिएको छ ।

ADVERTISEMENT

“केन्द्रको श्रेस्ता रहेको जग्गामा श्रेस्ता रहेको जग्गामा अनाधिकृत रुपमा निर्माण गरिएको संरचनाहरु केन्द्रीय मत्स्य प्रबर्द्धन एवं संरक्षण केन्द्र, बालाजुको मिति २०८०/०२/०९ गते च.न. ४४७ र जिल्ला प्रसासन कार्यालय, मकवानपुरको मिति २०८०/०२/२५ च.न. ४३५९ को पत्रानुसार सरकारी जग्गा संरक्षण गर्ने तथा यस कार्यालयको २०८०/०५/१३ गते बसेको बैठकको निर्णय अनुसार केन्द्रको जग्गा अतिक्रमण गरि बनाईएको सबै संरचनाहरु यो सूचना जारी भएको मितिले ३५ दिनभित्र हटाई जग्गा खाली गरि दिनुहुनको लागी सार्बजनिक सूचना प्रकाशित गरिएको छ” सूचनामा भनिएको छ ।

ADVERTISEMENT

माछा प्लानको जग्गा अतिक्रमण गरेर व्यक्तिले घर,टहरा, होटल, रेस्टुरेन्ट लगायत संचालन गरेको बताइएको छ । सूचना बमोजिम जग्गा खाली नगराई अटेरी गरेमा केन्द्रले सबै संरचना हटाई जग्गा खाली गराउने र जग्गा खाली गराउदा लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट नै असुल उपर गर्ने समेत सूचनामा उल्लेख गरेको छ ।

केन्द्रीय मत्स्य प्रबर्द्धन एवं संरक्षण केन्द्रअनुसार ७ जना व्यक्तिले सरकारी जग्गा अतिक्रमण गरेका छन् । कित्ता नम्बर ९६ मा निर्माण गरिएको संरचना हटाउन केन्द्रले सूचना जारी गरेको हो । क्याम्पाडाडा स्थित संचालित होटल तथा घरटहरा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको खुलेको हो । ३५ दिन भित्र यो संरचना खाली नगरे मत्स्य प्रबर्द्धन एवं संरक्षण केन्द्रले भत्काउने बताइएको छ ।

ADVERTISEMENT


प्रकाशित मिति : शनिबार, २०८० भदौ १६, ११ :५६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट