Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

हेटौंडा बजार भत्किने भएपछी उपमहानगरले हटायो सडक छेउमा राखिएका रुख विरुवा


 हेटौंडा उपमहानगरपालिकाले राप्तिरोड क्षेत्रको दायाँबायाँ सडकछेउमा राखिएका रुख–विरुवा हटाएको छ ।

ADVERTISEMENT

पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तारका लागि सहजता प्रदान गर्न र सार्वजनिक सम्पतीको क्षति हुनबाट रोक्न उपमहानगरले बुधबार राति रुख–विरुवा हटाएको जनाएको छ ।

ADVERTISEMENT

सडक विस्तारका लागि सडक डिभिजन हेटौंडाले सूचना प्रकाशित गरिसकेको सन्दर्भमा स्थानीय सरकारको हैसियतमा आवश्यक सहजीकरण गरिएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । उनले सडक विस्तार कार्यमा कसैले पनि अवरोध नपुर्याउन आग्रहसमेत गरे ।

सडक डिभिजनले असार १० गते ३५ दिने सूचना प्रकाशित गरी पूर्वपश्चिम राजमार्गको दायाँबायाँ २५ गजभित्र पर्ने सम्पूर्ण घरटहरा तथा अन्य संरचना हटाउन आग्रह गरेको छ । २५ गज क्षेत्रमा पर्ने भएपछि राप्तिरोडको सडकपेटीबाट रुख–विरुवा, गमला हटाइएको हो ।

ADVERTISEMENT

उपमहानगरले यसअघि नगर सभाबाट सडक विस्तारका लागि प्रकाशित सूचनाको समर्थन गर्दै आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णय गरेको थियो ।


प्रकाशित मिति : बिहिबार, २०८० साउन ४, १२ :०७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट