हेटौंडामा बस दुर्घटना, ४५ जना घाइते
हेटौंडामा यात्रुवाहक बस दुर्घटना भएको छ ।
केहीबेर अघि हेटौंडा उपमहानगरपालिका-११ नवलपुरमा चितवनबाट जनकपुर जाँदै गरेको ना.६ ख ९८०४ आफै अनियन्त्रित भई खोल्सामा खसेको हो।
दुर्घटनामा ४५ जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला प्रहरी कार्यालय मकवानपुरले उद्दार गरी हेटौंडा अस्पातल र चुरेहिल अस्पाताल पठाइएको छ । थप विवरण आउन बाकि छ ।
प्रकाशित मिति : शुक्रबार, २०८० असार १५, १४ :०२ बजे




















प्रतिक्रिया