Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

बझाङ दुर्घटना अपडेट : मन्त्री सिंहको पनि निधन


सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । उनको कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

मंगलबार धनगढीबाट बझाङ जाँदै गरेका मन्त्री प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो। दुर्घटनामा उनकी श्रीमती अमृतादेवी र भाउजु जानकीको घटना स्थलमा मृत्यु भएकोमा सिंहको उपचारको क्रममा ज्यान गएको हो।

ADVERTISEMENT

मन्त्री सिंहलाई उपचारका लागि हेलिकोप्टरमा नेपालगञ्ज लिइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीको भने उपचार हुँदैछ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० असार ५, १८ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट