Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

गाडी दुर्घटनामा सुदूरपश्चिमका कानूनमन्त्रीकी पत्नीसहित २ जनाको मृत्यु


सडक दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश सरकारका कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नीसहित २ जनाको मृत्यु भएको छ। डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो । मन्त्रीसहित पाँच जना सवार रहेकोमा चारजना गम्भीर घाइते भएका थिए ।

ADVERTISEMENT

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको हो।

ADVERTISEMENT

यस्तै, मन्त्री सिंहको अवस्था गम्भिर रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइदैछ।

मन्त्रीसहित ४ जना सवार रहेको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जानेक्रममा केदारस्युँ गाउँपालिकाको धारछडा दुर्घटना हुँदा उनको मृत्यु भएको हो।

ADVERTISEMENT

गाडि सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।


प्रकाशित मिति : मङ्लबार, २०८० असार ५, १७ :२२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट