Techie IT
Hetauda Khabar

रेशम चौधरीको आममाफी विरुद्ध सर्वोच्च अदालतमा रिट


राष्ट्रपतिबाट गणतन्त्र दिवसको दिन आममाफी पाएर कारागारमुक्त भएका रेशम चौधरीको आममाफी विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

चौधरी टीकापुर घटनाका मुख्य योजनाकारको रुपमा पछिल्लो केही वर्षदेखि कारागारमा थिए । राष्ट्रपतिको आममाफीसंगै उनी सोमबार बिहान डिल्लीबजारस्थित कारागारबाट बाहिरिएका हुन् ।

टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गरेकी हुन् । यसैबीच, उक्त रिट निवेदन दर्ता भैसकेको छ भने भोलि बुधबारका लागि पेसी तोकिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएका थिए । राष्ट्रपतिको उक्त निर्णयको चौतर्फी आलोचना भैरहेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट