Techie IT
Hetauda Khabar

चुरेहिल अस्पतालले क्षमता भन्दा बढी राखेको बेड स्टोरमा लुकायो


हेटौंडाको चुरेहिल अस्पतालले क्षमता भन्दा बढी बेड लुकाएको फेला परेको छ ।

२५ शैयाको अस्पतालले आफ्नो क्षमता भन्दा बढी बेड राखेर संचालन गरेको थियो । अनुगमन आउने जानकारी अस्पतालले पहिल्यै पाएपछि अस्पतालले बेड लुकाएको पाइएको हो । बढी राखिएको बेड स्टोर कक्षमा लुकाइएको भेटिएको छ ।

अस्पतालको फार्मेसीमा म्याद गुज्रिएको औषधि पनि फेला परेको छ । अस्पताल मापदण्ड विपरीत सन्चालन हुँदा सम्बन्धित निकायले भने देखे नदेखे झै गरेको थियो । निजि अस्पताल अबैधानिक रुपमा संचालन भैरहेको खबर सन्चारमाध्यममा आउन थालेपछी अनुगमनमा निस्किन थालेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट