Techie IT
  • ६ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • ६ फागुन २०८२, बुधबार

आईसीसी विश्वकप क्रिकेट लिग टू- नेपालले पपुवान्यूगिनीलाई हरायो


आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो ।

ADVERTISEMENT

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले दिएको २९८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको पपुवान्युगिनीले ४७ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्र बनाउन सक्यो।

ADVERTISEMENT

उसका लागि टोनी उरा र नोर्मान भानुआले अर्धसतक बनाए। भानुआले सर्वाधिक ६० रन बनाउँदा उराले ५० रन बनाए। कप्तान असाद भालाले ४२ रन बनाउँदा किपलिन डोरिगाले २६ रन बनाए।  नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए।

दीपेन्द्र सिंह ऐरीले २ तथा कुशल मल्लले १ विकेट लिए।  त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हालेर पहिले ब्याटिङ गरेको नेपालले ५ बल खेल्न बाँकी हुँदा २९७ रन बनाएको थियो।

ADVERTISEMENT

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि नेपालको उच्च स्कोर २८७ रन थियो।  नेपालले फागुन पहिलो साता त्रिवि मैदानमै नामिबियाविरुद्ध २८७ रन बनाएको थियो। २ विकेटको जित हात पारेको नेपालले लक्ष्य पछ्याउने क्रममा सो रन बनाएको थियो। तर पहिलो पटक नेपालले पहिले ब्याटिङ गर्दै २९७ रन बनाएको हो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आशिफ शेखले शतक प्रहार गरे। उनले ११० रन बनाउने क्रममा १२ चौका र २ छक्का प्रहार गर्दै ११० बल खेले। उनको यो पहिलो एकदिवसीय शतक हो।

खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ११० को सतकीय साझेदारी गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेल अर्धसतक बनाउन ५ रनले चुकेका थिए। उनी १८.४ ओभरमा ५६ बल खेल्दै ६ चौका प्रहार गरे।

नेपालले बाँकी ३० रन बनाउँदा थप दुई विकेट गुमाएको थियो। कुशल मल्ल २१ ओभरको अन्तिम बलमा २ रनमै आउट हुँदा ज्ञानेन्द्र मल्ल २५ ओभरको अन्तिम बलमा  ११ रन बनाएर आउट भए।

कप्तान रोहित पौडेलले ३० रन जोड्दा दिपेन्द्रसिंह ऐरीले ७ रनको योगदान दिए। आरिफ शेख १३ बलमा १५ रन बनाएर आउट हुँदा करण केसी ६ बलमा ८ रन  जोडेर आउट भए भने सन्दीप लामिछानेले ७ रन बनाए।

भीम सार्कीले ३८ बलमा आक्रमक ब्याटिङ गर्दै ४४  रन बनाए भने सोमपाल कामी ४ रनमा नटआउट रहे। बलिङमा पिएनजीका सेमो कामियाले सर्वाधिक ५ विकेट लिए। उनले ९.१ ओभरमा ३८ रन खर्चिए।

रेली हेकुरेले १० ओभरमा ५० रन खर्चिएर ३ विकेट लिए। नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तित सिरिज हो। यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ।


प्रकाशित मिति : बिहिबार, २०७९ फाल्गुन २५, १६ :४५ बजे
ट्याग : #क्रिकेट, #खेलकुद, #नेपाल, #विजयी

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट