हेटौंडामा पनि अबैध संरचना भत्काउन सुरु
हेटौंडा उपमहानगरपालिकाले नगरको वडा नम्बर ६ र १५ को सिमानामा रहेको सडकको जमिन कव्जा गरी निर्माण गरिएका अबैध घर टहरा भत्काएको छ ।
हटिया– रातोमाटे सडक खण्डको हेटौंडा ६ चित्रेपानीमा सार्वजनिक जमिन र सडक पेटिको भाग कव्जा गरी निर्माण गरेर बनाइएको घर टहरा उपमहानगरबाट खटिएको नगरप्रहरी र नेपाल प्रहरीको टोलीले भत्काएको हो ।
जमिन कव्जा गरी निर्माण भएका १० वटा जस्ता लगाएको र ५ वटा निर्माणको क्रममा रहका टहरा भत्काइएको छ । नगरक्षेत्रमा सार्वजनिक जमिन कव्जा गरी निर्माण गरिएका अबैध संरचना हटाउने अभियानमा उपमहानगर लागेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, २०७९ फाल्गुन ५, १८ :५१ बजे


















प्रतिक्रिया