Techie IT
Hetauda Khabar

मकवानपुर गोल्डकपको तयारी पुरा


हेटौंडामा हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

यही माघ २८ गतेबाट फागुन १० गतेसम्म सञ्चालन हुने खेलको तयारी पुरा भएको र खेलमा १२ वटा समुहको सहभागिता रहने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने गोल्डकप हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिनेछ ।

खेलको विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने बताइएको छ ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट