Techie IT
Hetauda Khabar

हेटौंडा महोत्सव – आज अस्मिता अधिकारी र खेम सेन्चुरी आउने


मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आज मंगलबार गायिका अस्मिता अधिकारी र लोकदोहोरी गायक खेम सेन्चुरी आउने आयोजक्ले जनाएको छ । साथै आज कमेडियन प्रभात लामाको प्रस्तुती रहने छ ।

सोमबार  बाल गायक अशोक दर्जी र संगीतकार तथा गायक टंक बुढाथोकी, गायिका मञ्जु पौडेल, कलाकार सुलेमान शंकर (ईकु) र बेली डान्सर अस्मिता पुरीले आफ्नो प्रस्तुती देखाएका थिए ।

साथै हेटौंडामा रहेको जमादार ग्रुपको स्वदेशी अभियानको प्रवद्र्धन तथा प्रोत्साहनका लागि चर्चित गायक प्रकाश सपुतको विशेष सांगीतिक प्रस्तुती रहने जनाइएको छ । महोत्सवमा हरेक दिन मकवानपुरका स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरिरहेका छन् ।

११ गतेबाट सुरु भएको महोत्सव माघ २३ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न किसिमका वस्तु विक्री तथा प्रदर्शन,बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निशुल्क स्वास्थ्य शिविरहरु महोत्सवमा रहेका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट