Techie IT
Hetauda Khabar

बागमतीमा को-को बन्दैछन् मन्त्री, कसले पाए कुन मन्त्रालय ?


बागमती प्रदेश सरकारले आज थप ८ मन्त्रीहरु नियुक्त गर्ने भएको छ  । सत्ता साझेदार तीन दलहरुको सहभागी रहने प्रदेशमा नेकपा एमाले, माओबादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालय भागवण्डा मिलाएका छन् ।

एमालेका सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । त्यस्तै ललितपुरका एमाले सांसद रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, काठमाडौंका सांसद केशव पोख्रेलले प्रदेशको पशुपन्छी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

त्यस्तै नेकपा माओवादीको तर्फबाट सांसद युवराज दुलाललाई भौतिक मन्त्रालय, कुमारी मोक्तानलाई फेरी पनि सामाजिक विकास मन्त्रालय र गंगानारायण श्रेष्ठलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।

त्यस्तै राप्रपाका उद्धब थापा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री बनाउने स्रोतले जनाएको छ । त्यस्तै पर्यटन, उद्योग तथा सहकारी मन्रत्रालय र वन तथा वातावरण मन्त्रालय राप्रपाले पाउने भएको स्रोतले बताएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट