Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

शिवम् सिमेन्ट्स लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न


शिवम् सिमेन्ट्स लिमिटेडले आ.व. २०७८/०७९ को सातौं वािर्षक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभामा आ.व. २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव सहितका प्रस्तावहरु पारित गर्दै बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

ADVERTISEMENT

सभाबाट आगामी ४ बर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई संचालकहरु निर्वाचित गरेकोमा सभास्थलमा बसेको नवनिर्वाचित संचालकहरुको बैठकबाट संचालक श्री गौरव गोयललाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ । साथै सोही सभाबाट संचालक समितिले नियुक्तीका लागि निणर्य गरी अनुमोदनका लागि सिफारिस गरे बमोजिम नेपाल सरकारका पूर्व सचिव समेत रहनु भएका चन्द्र कुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तीको अनुमोदन समेत गरी ६ सदस्यीय संचालक समिति गठन गरेको हो ।

ADVERTISEMENT


प्रकाशित मिति : शनिबार, २०७९ पुस ३०, २१ :३१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट