Techie IT
Hetauda Khabar

बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त


बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका बागमती संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ११० सांसद मध्य  ७० सांसदको समर्थनसहित जम्मकट्टेलले मुख्यमन्त्रीमा दाबी पेश गरेलगत्तै प्रदेश प्रमुख शर्माले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३,  नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन रहेको छ ।

जम्मकट्टेल यसअघि डोरमणि पौडेलको नेतृत्वमा गठित प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् । उनी २०७९ मंसिर ४ मा भएको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ (२)बाट निर्वाचित भएका थिए । जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं धादिङ जिल्ला इन्चार्ज हुन् ।

मुख्यमन्त्री बनेपछी जम्मकट्टेलले मन्त्रालय घटाएर प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिने प्रतिक्रिया दिएका छन् उनले हाल भएको १४ वटा मन्त्रालय घटाएर बढीमा ११ वटा कायम गरिने बताए ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट