Techie IT
Hetauda Khabar

हेटौंडा उपमहानगरपालिकाले गर्यो चालू आर्थिक वर्षको बजेटमा संशोधन


हेटौंडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । उपमहानगरपालिद्वारा हेटौंडा आयोजित नगर परिषद् बैठकमार्फत् चालू आवको बजेटलाई संशोधन गरी रु तीन अर्ब पाँच करोड पु¥याइएको छ ।

हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँद्वारा सो बैठकमा प्रस्तुत प्रगति प्रतिवेदनमार्फत् जानकारी दिइएको हो । गत  असारमा सम्पन्न ११औँ नगर परिषद्द्वारा चालू आवका लागि रु दुई अर्ब ७१ करोड ७९ लाख बजेट पारित गरिएको थियो । तर अघिल्लो आर्थिक वर्षको रु ३७ करोडभन्दा बढी जिम्मेवारी सरेर आएको योजना तथा कार्यक्रमको रकम भुक्तानी गर्नु परेकाले बजेट संशोधन गरिएको उनले बताए ।

बैठकमा प्रस्तुत प्रतिवेदनमा चालू आवको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो भने बाँकी अवधिमा गर्नुपर्ने कार्य तथा लक्ष्यको विवरण  प्रस्तुत गरिएको थियो । चालू आवकोे मङ्सिर मसान्तसम्ममा सङ्घीय सरकारबाट समानीकरण  तथा ससर्त अनुदानतर्फ रु ५५ करोड ४६ लाख, प्रदेश सरकारको समानीकरण  अनुदानतर्फ रु ३७ लाख ५० हजार, राजस्व बाँडफाँटतर्फ रु ६ करोड सात लाख ६८ हजार र आन्तरिक स्रोततर्फबाट रु ८७ करोड ८७ लाख आम्दानी भएको उपप्रमुख बानियाँले जानकारी दिए । साथै उपमहानगरपालिकाले दुई सय ४८ वटा योजनामध्ये ४८ वटा योजना सम्पन्न गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको सो बैठकमा योजना कार्यावन्यनका आधारमा हेटौँडा(१४ लाई प्रथम र १५ लाई द्वितीय घोषणा गरिएको थियो । प्रथम र द्वितीय वडालाई क्रमशः रु २० लाख र १५ लाख बराबरको योजना अनुदानस्वरुप उपलब्ध गराउने जानकारी दिइएको थियो । उक्त अवसरमा प्रमुख लामाले हेटौँडा उपमहानगरपालिकामा जनअपेक्षाअनुरुप विकास निमार्णका साथै शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिएको बताए।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट