Techie IT
Hetauda Khabar

फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिना बन्यो विश्वबिजेता


साविक विजेता फ्रान्सलाई फाइनलमा स्तब्ध पार्दै अर्जेन्टिना विश्वकप फु्टबल–२०२२ को च्याम्पियन बनेको छ । पेनाल्टी सुटआउटमा फ्रान्सलाई स्तब्ध पार्दै लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिना विजयी भएको हो ।

टाई ब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो । सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट