Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडामा चक्कु प्रहारबाट एकजना घाइते


हेटौंडामा आपसी विवाद भएर चक्कु प्रहार हुँदा एकजना घाइते भएका छन् ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका २ स्थित मुख्यमन्त्रीको क्वाटर नजिक आज अपरान्ह भनाभनपछि हेटौंडा ५ सिँचाई टोल बस्ने अन्दाजी ३५ बर्षको दानिएल न्यौपानेमाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार चक्कु हान्ने व्यक्ति फरार छन्, उनको खोजी भैरहेको छ ।

ADVERTISEMENT

पैसाको लेनदेनका कारण साथिसाथी विच भनाभन भएपछी चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ । घाइते न्यौपानेको मकवानपुर सहकारी अस्पतालमा उपचार भैरहेको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर थापाले जानकारी दिएका छन् ।

उनका अनुसार घाइतेको कन्चट र पेटमा चोट लागेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०७९ मंसिर २६, २० :४२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट