हेटौंडाको हर्नामाडीमा आगलागी, निभाउने प्रयास जारी
हेटौंडा,१ फागुन । हेटौंडा उपमहानगरपालिका-१८ हर्नामाडीमा आगलागी भएको छ ।
मंगलबार साँझ अन्दाजी साढे सातबजेबाट सुरु भएको आगलागी यस समाचार तयार पार्दासम्म नियन्त्रणमा आइनसकेको स्थानीयले बताएका छन् ।
स्थानीय राम बहादुर पाख्रीनको मेल भएको घरमा आगो लागेको हो । स्थानीयको अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आसङ्का गरिएको छ । हाल घटना स्थलमा हेटौंडा उपमहानगरपालिकाको दमकल,प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको स्थानीयले जानकारी दिएका हुन् ।

आगलागीबाट पाख्रीनको घर पुर्णरुपमा क्षती पुगेको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति : मङ्लबार, २०८० फाल्गुन १, २१ :४४ बजे




















प्रतिक्रिया