Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

मकवानपुरको बागमती गाउँपालिकाले दिएको बिदा उच्च अदालतले गर्यो बदर


हेटौंडा,२९ माघ । मकवानपुरको बागमती गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा दिएको सार्वजनिक बिदा उच्च अदालत पाटन हेटौंडा इजलासले बदर गरिदिएको छ ।

ADVERTISEMENT

सर्बोच्च अदालतको आदेश विपरित बागमती गाउँपालिकाले फागुन १ गते सार्बजनिक विदा दिने निर्णय गरेको थियो ।

ADVERTISEMENT

उक्त निर्णयका बिरुद्धमा अदालतमा दायर गरेको उत्प्रेरणको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायधिश एमुना भट्टराइको एकल इजलासले बागमती गाउँपालिकाको सार्बजनिक बिदा तत्कालका लागि कार्यन्वयन नगर्नु नगराउनुभनी अन्तरिम आदेश दिनु भएको हो ।

यो आदेशसंगै बागमती गाउँपालिका कार्यालयसहित पालिका भित्रका विभिन्न संघसंस्था, बिद्यालयहरु खोलेर सेवा दिनुपर्ने भएको छ ।

ADVERTISEMENT

अदालतको आदेश विपरित गाउँपालिकाले जनयुद्ध दिवसका दिन दिएको सार्वजनिक बिदा विधिको शासन विपरित भएकाले अदालतको अन्तरिम आदेश स्वागत योग्य रहेको अधिबक्ता मदन कुमार दाहाले बताए ।

सर्बोच्च अदालतको आदेश र सूचना समेतलाई वेवास्ता गर्दै बागमती गाउँपालिकाले सार्बजनिक बिदा दिने निर्णय गरेका थियो ।


प्रकाशित मिति : सोमवार, २०८० माघ २९, २१ :१३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट