Techie IT
Hetauda Khabar

जलवायु परिवर्तन : माघमै फुल्यो मकवानपुरको थाहामा लालीगुराँस (हेर्नुहोस तस्बिरहरु)


हेटौंडा,२८ माघ । मकवानपुरको बकैया गाउँपालिका ४ बस्ने सन्देश तामाङ माघ १५ गते त्रिभूवन राजपथ हुँदै काठमान्डौबाट हेटौंडा आए । बाटोमा पर्ने थाहा नगरपालिकाको क्षेत्रमा माघमै फुलेका राताम्मे लालीगुराँस देखेर उनी दङ्ग परे ।

सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेको देखेर उनी आस्चर्यमा परे । समयभन्दा अघि नै फुलीसकेछ । उनी भन्छन्, ‘पोहोरसम्म फागुन अन्तिमतिर मात्रै लालीगुराँस देखेको थिएँ । अहिले त माघमै फुलेछ । टिपेर संगैका साथीहरुलाई दिए । आफू चढेको सुमोमा सजाए । ६ वर्षदेखि लगातार जस्तो यो बाटो हिँडेको छु । अहिले त अचम्मै भयो । फागुन अन्तिमतिर, चैतमा मात्रै देखिन्थ्यो । अहिले त माघमै फुलेछ लालीगुराँस’, उनले भने ।

हाल थाहाको त्रिभूवन राजपथ वरपरका अघोर झिरघारी, टिष्टुङ,दामन सिमभनज्याङ क्षेत्र, डाडबास र जंङगलहरुमा रातै हुने गरि गुराँस फुलेको थाहा नगरपालिकाका मेयर विष्णुबहादुर विष्ट ‘आदर्श’ बताउछन् । विशेष गरि लाली गुराँस नै फुलेको थाहा नगरमा हेर्न पर्यटक खासै नआउने भएपनि समयभन्दा अगाडी फुल्नु राम्रो नभएको उनी बताउछन् ।

फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने मंसिर अन्त्यदेखि माघमा नै ढकमक्क फुलेका हुन्। यसरी लालीगुराँस समयअघि फुल्नु जलवायु परिवर्तनका कारण हुनसक्ने थाहाका स्थानीय गणेश विष्ठ बताउछन् । अघिल्लो बर्षसम्म फागुन चैतमै फुलथ्यो । तर यो बर्ष त माघमा फुलेर अस्थाउन थालेको छ ।

स्वभाविक समय अगाडि नै गुराँस फुल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो। विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेको डिभिजन वन कार्यालय, राप्ती, मनहरीका डिभिजनल वन अधिकृत लोकराज नेपाल बताउछन् । उनका अनुसार बसेर्नी बढ्दो पृथ्वीकोख तापक्रममा कारण यस्तो असर देखिएको हो । ‘चैतमा हुने तापक्रम फागुनमा, फागुनमा हुने तापक्रम माघमा हुन थालेपछि फागुनचैतमा फुल्ने लालीगुराँस माघफागुनमा फुल्न थालेको हो । मुख्यगरी जलवायु परिवर्तनको कारण नै हो भन्न सकिन्छ ।’ उनले बताए ।

मकवानपुरमा थाहा नगरपालिका, कैलाश, भीमफेदी, इन्द्रसरोबर गाउँपालिका क्षेत्रमा लाली गुराँस पाइन्छ ।

हेर्नुहोस गणेश विष्ठले खिचेका तस्बिरहरु:


क्याटेगोरी : फोटो फिचर, मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट