Techie IT
Hetauda Khabar

हेटौंडामा गुन्द्रुकको व्यवसायीक उत्पादन सुरु,अनुज्ञापत्र लिने तयारी


हेटौंडा– देश तथा बिदेशमा पनि सबैको चासोको तरकारीमा पर्ने गुन्द्रुकको व्यवसायीक उत्पादन हेटौंडामै थालिएको छ । नेपाली खानाको विशेष परिकारमा पर्ने गुन्द्रुकको उत्पादन र बजारीकरणका लागि हेटौंडा–१२ को महिला कृषि समुह लागि परेको छ ।

हेटौंडा उपमहानगरपालिका–१२ मा रहेको कञ्चनगंगा कृषि सहकारीसँग आवद्ध रहेको कृषि महिला समुहले उत्पादन गरेको गुन्द्रुकको अनुज्ञापत्र लिने तयारी थालिएको छ ।

कञ्चनगंगा कृषि समुहले अनुज्ञापत्रका लागि प्रकृया अघि बढाइ सकेको छ अब खाद्य परिक्षण शाखाबाट गुणस्तर मापन पछि बजारीकरणका लागि सहज हुने उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताए ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत सञ्चालन भएको गुन्द्रुक उत्पादन गर्ने कार्यको नियमित रुपमा प्राविधिकको निरीक्षण तथा अनुगमन सहित थालिएको छ ।

हेटौंडा १२ आपधाप, घलेगाउँमा स्थानिय २० जना महिलाहरुले समुह बनाएर कामलाई अघि बढाइरहेको शाखा प्रमुख पौडेलले बताए ।

अहिलेलाई १५ कठ्ठा क्षेत्रफलबाट साग खेतीबाट सुरु गरिएको गुन्द्रुक उत्पादनलाई निरन्तरता दिँदै २१ कठ्ठा सम्म साग लगाउँने लक्ष्य राखिएको समुहका अध्यक्ष चिनिमाया गुरुङले बताइन् ।

प्रयाप्त सिंचाईको अभाबका कारण बञ्जर रहेको जमिनमा सामान्य पानीको प्रयोगबाट साग लगाउँदै गुन्द्रकको उत्पादनमा लागेका छौं, उपमहानगरबाट तालिममा र उत्पादनपछि बजारीकरणमा सहयोगको प्रतिबद्धता भएसँगै हामि उत्पाददनमा जोडिएको उनले बताइन् ।

उत्पादन भएको केही गुन्द्रुक बिक्रीका लागि कुराहरु भएको छ । गुणस्तरीय बनाउँनका लागि प्राबिधीक आएर गाउँमै सिकाउने भएकाले बिस्तारै बजारीकरणमा समस्या हुदैन की भन्ने आश हामिमा रहेको अध्यक्ष गुरुङले बताइन् । उत्पादन भएको केही गुन्द्रुक परिक्षणका लागि हामिले प्रयोग गरेका छौं, अहिले सम्मलाई स्वाद र गुणस्तरमा त्यस्तो समस्या देखिएको छैन, बजार पठाउँने कुरामा थप सर्तकता अपनाएर पठाउने उनले बताइन् ।

नगरक्षेत्र भित्रै रहेर महिलाहरुले गरीरहेका कामको अनुगमन गर्न पुगेकी उपमहानगरपलिकाका नगर प्रमुख मीनाकुमारी लामाले बजारीकरण भन्दा पनि गुणस्तरमा ध्यान दिन आग्रह गरीन् ।

गुणस्तरीय उत्पादन भए व्यापारी गाउँसम्म लिन आउँने भन्दै कसरी गुणस्तरीय बनाउँने हो त्यो सोच्न जरुरी छ । बिश्वका घेरै देशहरुले गुन्द्रुकको उत्पादन र बिक्री गर्दै आएका छन् हामिले बाह्य मुलुक हैन स्थानिय बजारमै आफ्नो उत्पादन बिक्री गर्न सके आर्थिक उपार्जनमा सहयोग पुग्ने उनको भनाई थियो ।

अहिले बजारमा सबै आवश्यक सामग्री पाइन्छ भनेर जमिन बाजो राख्ने कार्यले आर्थिक रुपमा हामिलाई कमजोर बनाउँदै लगेको नगर प्रमुख लामाको भनाई थियो ।

अनुगमनसँगै गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेडपा) वडा स्तरिय अभिमुखिकरण तथा पिआरए कार्यक्रम सञ्चालन गरेको छ ।

हेटौंडा–१२ आपधापमा नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कञ्चनगंगा कृषि समुहका सदस्यहरुको सहभागिता थियो ।

कार्यवाहक वडा अध्यक्ष महेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य तारा ढुङ्गना, १२ नम्बर वडा सदस्य गिता परियार, उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिम प्रसाद पौडेल, महिला उद्यमी गिता कडरीया मैनाली, समुहका अध्यक्ष चिनिमाया गुरुङको आतिथ्यता रहेको थियो ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट