Techie IT
Hetauda Khabar

आज हेटौंडाको भुटनदेवि माबिमा राष्ट्रिय सभा निर्वाचन हुँदै


हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको भुटनदेवि माबिमा आज (बिहिवार) हुँदै राष्ट्रिय सभा निर्वाचन हुँदै छ । निर्वाचनको नतिजा पनि आजै आउने भएको छ । यस केन्द्रमा बागमती प्रदेशबाट उम्मेदवारी दिएकाहरुका बिचमा प्रतिस्पर्धा हुने भएको छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ ।

मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेका पदमा चुनाब हुन लागेको हो । बागमती प्रदेशमा १५ जनाले उम्मेदवारी दिएका छन् । उनीहरुका बिचमा प्रतिस्पर्धा हुन लागेको हो । हेटौंडामा मतदान केन्द्रमा अधिकृतसहित १०–१० जना गरी २० जना कर्मचारी खटाइनेछ ।

साथै निर्वाचनमा मतदाता रहने बागमती प्रदेश सभा सदस्य र प्रदेशभित्रका स्थानीय तहका नगर प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

मतदान केन्द्र अनुसार मतपत्रको रङ पनि फरक–फरक रहनेछ । निर्वाचनको लागि नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको चार–चार, राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन, नेपाली कांग्रेसको दुई, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० ले एकएक जना गरी १५ जनाले उम्मेदवारी दिएका छन्


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट