Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा माघी महोत्सव, घोंघीदेखी गँगटोसम्म खान पाइने


हेटौंडा । नेपालमा बसोबास गर्ने थारु समुदायले मनाउने प्रमुख चाड माघी पर्वको अवसरमा हेटौंडामा सोमबार (आज) भुटनदेवी माध्यामिक विद्यालयको प्राङ्गणमा छैठौं माघी महोत्सव हुने भएको छ ।

ADVERTISEMENT

विहान १०ः०० बजे भुटनदेवी विद्यालयको चौरबाट थारु जातीको पहिचान झल्किने भेषभुषा र साँस्कृतिक झाँकीसहित सिमाचोक, बुद्धचोक, कान्तिलोकपथ हुँदै पुःन भुटनदेवी विद्यालयको चौरमा पुगी मूल समारोह सभामा परिणत हुने कार्यक्रम रहेको जनाईएको छ ।

ADVERTISEMENT

माघी महोत्सवमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, थारूहरूको मौलिक खानाको परिकार घोंघी, ढिक्रीलगायत फुड फेस्टिबल एवं सांस्कृतिक झाँकी, नाचगानजस्ता कार्यक्रम प्रस्तुत गरिने

माघी महोत्सव मूल आयोजक समिति मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाद्वारा महोत्सवको उद्धघाटन हुनेछ ।

ADVERTISEMENT

महोत्सवमा थारु जातिको विशेष परिकारहरु घोंघीदेखी तिलको लड्डु, बरी, अदौरी, गँगटो, अमादीके, आदिको सःशूल्क स्टल रहने छ । साथै थारु जातिको साँस्कृतिक नाचँगानको साथै आन्तरिक तथा बाह्य कलाकारहरुको गीत र नृत्यबाट दर्शकहरुलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

महोत्सव सम्पन्न गर्न करिब ७ लाख ५० हजार खर्च हुने अनुमान गरिएकोे छ । साथै महोत्सवलाई करिब ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

सरकारले हरेक वर्ष माघी पर्व माघ १ गतेका दिन आज सार्वजनिक विदा दिएको छ ।


प्रकाशित मिति : सोमवार, २०८० माघ १, ०९ :५३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट