Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुरगढीमा ट्रिपर सडकबाट खस्दा रातोमाटेका पाख्रिनको मृत्यु


हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु भएको छ ।

ADVERTISEMENT

बिहिवार बिहान साढे १२ बजेको समयमा मकवानपुरगढी गाउँपालिका-१ स्थित भित्री सडकखण्डमा दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको हो । प्रहरीका अनुसार लेनडाँडाबाट बादरखोल्सीतर्फ गइरहेको बा ३ ख १४८९ नम्बरको ट्रिपर आफैं अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो।

ADVERTISEMENT

दुर्घटनामा परी घाइते भएका चालकलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। अस्पतालका डक्टरले बिहान २ बजेर १२ मिनेटमा उनको मृत्यु भएको घोषणा गरेको प्रहरीले जानकारी दिएको हो । मृतक चालक मकवानपुरको हेटौँडा-१५ रातोमाटेका २२ वर्षीय सुकदेव पाख्रिन रहेको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० पुस २७, ०८ :०८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट