Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा ट्याङ्कर र पिकअप भ्यान एकआपसमा ठोक्कियो,८ जना घाइते


हेटौंडा । बुधबार हेटौंडामा ट्याङ्कर र पिकअप भ्यान एकआपसमा ठक्कर खादा दुर्घटना भएको छ । बिहान १०:२५ बजे हेटौडा उपमहानगरपालिका-१९, सान्नानिटारस्थित पूर्व-पश्चिम राजमार्ग खण्डमा भएको उक्त सवारी दुर्घटनामा ८ जना घाइते भएका छन्।

ADVERTISEMENT

दुर्घटनामा मनहरीबाट हेटौडातर्फ गइरहेको ना७ख ४२३८ नम्बरको खाली ट्याङ्कर र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१-०२७च १०६३ नम्बरको इसुजु पिकअप एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो।

ADVERTISEMENT

दुर्घटनामा परी पिकअपमा सवार चालकसहित भक्तपुरका २ परिवारका ८ जना घाइते भएका छन्। उनीहरूको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। ट्याङ्कर चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० पुस २५, १६ :२५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट