Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

भागबन्डालाई अन्तिम रूप दिन बालुवाटारमा सत्ता गठबन्धनको विमर्श, कुन दललाई कति सीट ?


सत्तारूढ गठबन्धनका ठूला चार दलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँडको टुंगो लगाउने अन्तिम प्रयास भइरहेको हो ।

ADVERTISEMENT

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् । आजको बैठकमा सरकारमा सहभागी अन्य साना दललाई बोलाइएको छैन ।

ADVERTISEMENT

शनिबार राति अबेरसम्म बसेको बैठकले सीट बाँडफाँड मोटामोटी टुङ्ग्याएको छ । सहमतिअनुसार निर्वाचन हुन गइरहेका १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा) ले एक सिट लिने निर्णय भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए । ‘करिब करिब यसै वरिपरि सहमति भएको छ,’ उनले भने, ‘यसबारे एकीकृत समाजवादीका साथीहरूले एक पटक फेरि बस्छौँ भयो । आज फेरि बैठक बसेको छ, यो बैठकले अन्तिम रूप दिनेछ ।’

राष्ट्रिय सभामा आगामी फागुन २० गते राष्ट्रपतिबाट मनोनीत एक जनासहित २० जनाको पदावधि सकिँदैछ । जसमा एमालेबाट सबैभन्दा बढी आठ जना, कांग्रेसबाट चार जना, माओवादी केन्द्रबाट तीन जना, एकीकृत समाजवादीबाट दुई जना, जनता समाजवादी पार्टी (जसपा)बाट एक जना स्वतन्त्र एक जना मनोनीत (एमाले) एक जना रिक्त हुँदैछन् ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० पुस २२, ११ :१५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट