Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

राष्ट्रिय सभा निर्वाचन अधिकृत परिवर्तन : बागमती प्रदेशमा श्रीप्रसाद सन्जेल नियुक्त


हेटौंडा । निर्वाचन आयोगले निर्वाचन अधिकृत परिवर्तन गरेको छ । बुधबारको न्याय परिषद् बैठकको निर्णयका आधारमा जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएसँगै आयोगले आफ्नो पूर्व निर्णय परिवर्तन गरेको हो । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गत पुस १२ गते आयोगले सात वटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको थियो ।

ADVERTISEMENT

जसअनुसार कोशी प्रदेशका लागि दुर्गा प्रसाद ढुङ्गेल, मधेश प्रदेशका लागि नारायण प्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशव प्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओम प्रसाद अर्याल नियुक्त भएका थिए ।

ADVERTISEMENT

तर न्याय परिषद्को पुस १८ गतेको निर्णयबाट उनीहरू उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका हुन् । यस्तै, बागमती प्रदेशको निर्वाचन अधिकृत तोकिएका महेन्द्र बहादुर कार्कीले पनि स्वास्थ्य समस्याका कारण देखाउँदै निर्वाचन अधिकृतको पदमा रही काम गर्न असमर्थ भएको निवेदन पेस गरेपछि त्यस ठाउँमा पनि नयाँ निर्वाचन अधिकृत तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पत्र अनुसार जगेडा सूचीमा रहनु भएका जिल्ला न्यायाधीशहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आजैका मितिदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको छ ।

ADVERTISEMENT

जसअनुसार कोशी प्रदेशमा विष्णुप्रसाद गौतम, मधेश प्रदेशमा चित्रबहादुर गुरुङ, बागमती प्रदेशमा श्रीप्रसाद सन्जेल, गण्डकी प्रदेशमा ऋषिराज आचार्य, लुम्बिनी प्रदेशमा कुलप्रसाद पाण्डे, कर्णाली प्रदेशमा मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद अवस्थी नियुक्त भएका छन्।


प्रकाशित मिति : शुक्रबार, २०८० पुस २०, १३ :४१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट