Techie IT
Hetauda Khabar

बकैयामा एक युवकले आफ्नै पेटमा खुकुरी प्रहार गरेपछि…


हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा एक युवकले आफ्नै पेटमा खुकुरी प्रहार गरी गम्भीर घाइते भएका छन् ।

बकैया-९ भुर्तेलडाँडा बस्ने अविवाहित अन्दाजी २२ वर्षीय संजिव थिङले आफ्नै घर भित्र आफ्नै पेटमा खुकुरी प्रहार गरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार घटना शनिबार दिउँसोको हो । घटनाको जानकारी संजिवका काका ईन्द्रबहादुर थिङले वडाअध्यक्षलाई खबर गरेपछि वडाअध्यक्षले बकैयाको प्रहरी चौकी हात्तिसुँडेमा खबर गरेका थिए ।

गम्भीर घाइते संजिवलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा थप उपचारको लागि चितवन रिफर गरिएको डिएसपी भण्डारीले बताए ।उनको हाल शघन उपचार कक्षमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्नुको कारण हाल नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट