Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा ७ प्रदेशका मुख्यमन्त्री : निर्णय कार्यान्वयन नभए संघर्षमा उत्रने


हेटौंडामा ७ प्रदेशका मुख्यमन्त्रीले ९ बुँदे निर्णय गरेका छन् । निर्णय कार्यान्वयन नगरे दबाबमूलक संघर्षका कार्यक्रम गरिने चेतावनी समेत दिएका छन् ।

ADVERTISEMENT

सात जना मुख्यमन्त्रीहरु, मुख्यन्यायधिवक्ताहरु र प्रमुख सचिबहरुसहितको बैठकले गरेका नौ बुँदे निणयहरु गरेर पत्रकार सम्मेलन गर्दै सार्वजनिक समेत गरिएको छ ।

ADVERTISEMENT

मुख्यमन्त्रीहरुको भेलाले तयार गरेको नौबुँदे साझापत्रको प्रधानमन्त्रीबाट कार्यान्वयन नभए संघर्षका कार्यक्रम अघि सार्ने मुख्यमन्त्रीले बताएका छन् ।

सात प्रदेशका मुख्यमन्त्रीहरुको भेलाले तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

ADVERTISEMENT

उनीहरूले प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । त्यस्तै, प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्न, साझा अधिकारका विषयका कानून निर्माणमा सहकार्य गर्न, राष्ट्रिय वन लगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजस्व बाँडफाँट, वित्तीय हस्तान्तरण लगायतमा माग अघि सार्दै आएका छन्।

यसअघि नै भएका यी निर्णय तत्काल कार्यान्वयन गर्न संघीय सरकारलाई आग्रह गरेका छन्। यसमा संघीय सरकारले बेवास्ता गरेमा संघर्षमा उत्रिने चेतावनी दिएका छन्।

हेटौंडामा भएको भेलाले नौबुँदे साझापत्र तयार पारेको छ, जुन भोलि शनिबार विहाज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने उनीहरुले बताएका छन् ।


प्रकाशित मिति : शुक्रबार, २०८० पुस १३, १८ :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट