मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले क्रिसमसमा दियो ३ दिन सार्वजनिक बिदा
हेटौंडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले क्रिसमस मनाउनका लागि आजदेखि तीन दिन सार्वजनिक विदा दिएको छ ।
इसाई धर्मावलम्बीको पर्व क्रिसमस मनाउन गाउँपालिकाले एक सुचना मार्फत पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।
यस अवधिमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ ।
प्रकाशित मिति : आइतवार, २०८० पुस ८, ०७ :३७ बजे



















प्रतिक्रिया