Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

बागमती प्रदेश सरकारलाई एमालेले लगायो यस्तो आरोेप


हेटौंडा। नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारले प्रमुख प्रतिपक्ष दल एमालेसँग गरेको सहमतिको बुँदाहरुलाई बेवास्ता गर्दै अघि बढेको जनाएको छ ।

ADVERTISEMENT

आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारलाई तत्काल सहमति पालन गरी सदन सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरे। उनले भने ‘सरकारले हामीसँग गरेको सहमतिलाई भुलेर हिडेको देखिन्छ, यो संसदीय अभ्यासमा राम्रो संकेत हैन, सरकारले प्रतिपक्षलाई बाईपास गरेर जान सक्दैन, यो संसदीय अभ्यासको बर्खिलाप हो । ’

ADVERTISEMENT

सरकारले विभिन्न बहानामा संसद्लाई छल्ने काम गरिरहेकोबताउँदै एमालेले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार माथि ९ वटा आरोप लगाएको छ ।

लोकतन्त्रमा सबै क्षेत्रको समानुपातिक विकास निर्माणको सन्दर्भमा आफुहरुले सरकारसँग गरेको सहमति कार्यन्वयनको चरणमा सरकार नगएको बताउँदै उनले सरकार आफैले गरेको प्रतिवद्धतामा अडिग रहन नसकेको आरोप लगाए ।

ADVERTISEMENT

सरकारले मिनि सांसदको रुपमा रहेको संसदीय समितिहरुमा पदाधिकारी चयनमा ध्यान नदिनु, संसद बैठक बोलाउन आलटाल गर्नु लोकतान्तिक मूल्य मान्यताको खिलाप भएको भन्दै नेता थपलियाले तत्काल सदन बोलाउन माग गरे । संसदको दोश्रो कार्यकाल सुरु भएको एक वर्ष पुगिसक्दा जम्मा ३८ दिन संदन सञ्चालन हुनु लज्जास्पद विषय भएको एमालेको ठहर छ प्रतिपक्षीले माग गरेपछि सरकारले आफ्नो अनुकूलमा मात्र अधिवेशन बोलाउने काम गरिरहेको छ, उनले भने । यो जति लज्जास्पद कुरा अरु के हुन्छ ?

‘एमाले बजेटका विषयमा बार्गेनिङ गर्दै संसद् अवरोध गरेको भन्ने सरकारवादी दलले गरेको प्रचार भ्रामक रहेको बताउँदै नेता थपलियाले प्रमुख प्रतिपक्षको नाताले पटक–पटक आफुहरुलेनै संसद बैठक बोलाउन सार्वजनिक आव्हान गरेको उल्लेख गरे ।

‘एमाले सरकारमा हुँदा सार्वजनिक खर्च कटाउने, मन्त्रालयको संख्या घटाउने तथा सुशासनका लागि आर्थिक पारदर्शीताका विषयमा जोड दिएको तर वर्तमान सरकारले ति सबै सुशासनको कामलाई तोडेको बताउँदै उनले वर्तमान सरकार काम नगरि कसरी दिन कटाउने भन्ने ध्याउन्नमा रहेको बताए ।


प्रकाशित मिति : बिहिबार, २०८० पुस ५, १२ :३१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट