Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मनहरीमा जंगली हात्तीको आतंक : रातमा २ घरमा क्षती 


हेटौंडा । मनहरी गाउँपालिका-८ सिम्पानीमा जंगली हात्तीको आक्रमणबाट एक घर पूर्णरूपमा क्षति भएको छ भने एउटा गोठ आंशिकरूपमा क्षति पुगेको छ।

ADVERTISEMENT

शुक्रबार राति ८:३० बजे जंगली हात्ती आई टल्के चेपाङको जस्ता र ढुंगा माटोले बनेको एक तले घर पूर्णरूपमा क्षति पुर्याएको हो।

ADVERTISEMENT

त्यस्तै, राम बहादुर तामाङको गोठ पनि आंशिकरूपमा क्षति पुगेको छ। घटनापछि प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटिएको थियो।

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

 

 


प्रकाशित मिति : सोमवार, २०८० पुस २, ०८ :४६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट