Techie IT
Hetauda Khabar

हेटौंडाबाट ४८० ग्राम सुनसहित २ जना पक्राउ


हेटौँडा, २९ असोज । प्रहरीले हेटौँडा–१५ स्थित रातोमाटे प्रहरी चेकपोष्टबाट ४८० ग्राम सुनसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान ४ बजेको समयमा खटिएको प्रहरी टोलीले भारतको पंजाबबाट यात्रुबाहक बसमा आएका दुई जनालाई चेकजाँच गर्दा सुनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत अमृतसरका ३४ वर्षीय तर्सिम सिंह र धनुषाको सबेला नगरपालिका–२ का ३९ वर्षीय हितेश कुमार शाह रहेका छन् ।

उनीहरूको साथबाट जम्मा ४८० ग्राम ८३ मिलिग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पठाइएको  प्रहरीले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट